२०८३, आश्विन २१ गते

images

एक महिनामै भित्रिए १२ सयबढी विद्युतीय गाडी, कुन देशबाट कति आयात ?

एक महिनामै भित्रिए १२ सयबढी विद्युतीय गाडी, कुन देशबाट कति आयात ?

सोमवार, आश्विन ७ २०८१०७:०२
सोमवार, आश्विन ७ २०८१०७:०२
  • images

    काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडी भित्र्ने क्रम बढ्दो क्रममा रहेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा १ हजार २२१ वटा विद्युतीय गाडी भित्रिएको पाइएको हो । 

    भदौमा सम्पन्न नाडा अटो शोलाई लक्षित गर्दै व्यवसायीहरुले ठूलो संख्यामा विद्युतीय गाडी भित्रयाउँदा तथ्यांक बढी देखिएको विभागले जनाएको छ । 

    तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिनामा १ हजार ६०२ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । साउनमा महिनामा ८९ करोड ७० लाख रुपैयाँ बरारबको ३८१ वटा विद्युतीय गाडी आयात भएको थियो । तर, भदौमा भने ३.२० गुणा बढेर २ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको गाडी आयात भएको हो ।

    चालु आवको दुई महिनामा विद्युतीय सवारी आयातबाट सरकारले २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

    विभागका अनुसार साउन र भदौ महिनामा १०० किलोवाट क्षमतका इभी धेरै आयात भएको छ । सो अवधिमा ५१ देखि १०० किलोवाट क्षमताका ९३८ वटा इभी आयात भएको हो । यस्तै, ५० किलोवाट तौल क्षमताका ५६० वटा, १०१ देखि २०० किलोवाटका ९९ वटा, २०१ देखि ३०० सम्मका ३ र ३०० किलोवाट मोटर पिक पावर भएका २ वटा इभी आयात भएका छन् ।

    नेपालमा चिनिया इभिको वर्चश्व देखिएको छ । नेपाली सडकमा गुड्ने इभि ७० प्रतिशत बढी चिनियाँ ब्रान्डका छन् । चीनबाट २ अर्ब ९२ करोड ८८ लाख रुपैयाँ बराबरको इभी आयात भएको हो ।

    यस्तै, भारतबाट भने दुई महिनामा ५५ करोड ९३ लाख रुपैयाँ बराबरको २७६ वटा इभि आयात भएका छन् । यता, जर्मनी र अमेरिकाबाट भने १÷१ युनिट इभि आयात गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend