२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एमाले संसदीय दलको नेता चयन गर्न...

एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन, थापा–नेम्वाङबीच प्रतिस्पर्धा

एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन, थापा–नेम्वाङबीच प्रतिस्पर्धा

बुधवार, चैत्र १८ २०८२०३:३३
बुधवार, चैत्र १८ २०८२०३:३३
  • images

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्ने निर्णय गरिएको हो । संसदीय दलको नेताका लागि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन् ।

    निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend