२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • ऐतिहासिक पदक बिजेता एरिकालाई विमानस्थलमा भव्य...

ऐतिहासिक पदक बिजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

ऐतिहासिक पदक बिजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

मंगलवार, आश्विन ८ २०८१०१:०७
मंगलवार, आश्विन ८ २०८१०१:०७
  • images

    काठमाडौं । २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा उनले रजत पदक जितेकी थिइन् । 

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । 

    ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा, खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थलमा पुगेका थिए ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend