२०८३, आश्विन २१ गते

images

सेयर बजारमा पहिरो, ५९ अंकले घट्यो

सेयर बजारमा पहिरो, ५९ अंकले घट्यो

मंगलवार, आश्विन ८ २०८१०३:३४
मंगलवार, आश्विन ८ २०८१०३:३४
  • images

    काठमाडौं । सेयर कारोबार मापक नेप्से ५८.९३ अंकले घटेर २ हजार ४ सय ७०.३९ विन्दुमा झरेको छ । सोमबार नेप्से ५९.०२ अंकले घटेको थियो । अघिल्लो दिन कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्यो भने २ सय ३३ वटा कम्पनीको घटेको छ । बाँकी एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    मंगलबार ७७ हजार २ सय ६४ सेयर कारोबार हुँदा १ करोड ५५ लाख ५ हजार कित्ता किनबेच भयो । ती किनबेचमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य बढेको हो । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend