२०८३, आश्विन १९ गते

images
  • समाचार
  • दीपक खड्का थप ७ दिन हिरासतमा...

दीपक खड्का थप ७ दिन हिरासतमा रहने

दीपक खड्का थप ७ दिन हिरासतमा रहने

आइतवार, चैत्र २२ २०८२०५:३०
आइतवार, चैत्र २२ २०८२०५:३०
  • images

    काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो। यसअघि पनि अदालतले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    विभागका अनुसार खड्कासँग बयान लिने प्रक्रिया सुरु भइसकेको भए पनि अझै प्रमाण संकलन, थप सोधपुछ तथा अनुसन्धानका अन्य कार्यहरू बाँकी रहेका कारण पुनः म्याद थप गरिएको हो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्धको अनुसन्धानलाई थप गहिरो बनाउँदै लगेको जनाएको छ। आवश्यक प्रमाण संकलन र कानुनी प्रक्रिया पूरा भएपछि मात्र थप निर्णय गरिने विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend