२०८३, आश्विन २१ गते

images

साहारा चितवन सहकारीको ३७ करोड ६५ लाख बचत अपचलनमा जिबीसहित १७ जनाविरूद्ध मुद्दा

साहारा चितवन सहकारीको ३७ करोड ६५ लाख बचत अपचलनमा जिबीसहित १७ जनाविरूद्ध मुद्दा

मंगलवार, आश्विन ८ २०८१०९:११
मंगलवार, आश्विन ८ २०८१०९:११
  • images

    काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गितेन्द्रबहादुर (जीबी) राईसहित १७ जना विरूद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    प्रहरी छानविन प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकीलको कार्यालय चितवनले सहकारीको कुल ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ अपचलन भएको दाबीसहित मुद्दा दायर गरेको हो ।
    चितवन प्रहरीले साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको आरोपपत्रमा उल्लेख गरेको छ । यस विषयमा पुनः अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्नसमेत चितवन सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ ।

    सहकारीको रकम हिनामिना भएको भन्दै ४ सय भन्दा बढी सहकारी पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यस आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो।

    सहकारीमा कुल ६ हजार ३३४ बचताकर्ता थिए । जिबी राईसहित १६ जनालाई फरारको सूचीमा राखेर मुद्दा दर्ता गरिएको छ।

    सरकारी वकिलको कार्यालयले साहारा सहकारीबाट रकम गोर्खा मिडियामा गएको ४७ करोड रूपैयाँ बराबरको कारोबारमाथि पनि अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend