२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ६ देशका राजदूत फिर्ता बोलाइए, एक...

६ देशका राजदूत फिर्ता बोलाइए, एक महिनाभित्र नेपाल फर्किन निर्देशन

६ देशका राजदूत फिर्ता बोलाइए, एक महिनाभित्र नेपाल फर्किन निर्देशन

मंगलवार, चैत्र २४ २०८२१०:४७
मंगलवार, चैत्र २४ २०८२१०:४७
  • images

    काठमाडौं । सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन पत्राचार गरेको हो।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरूलाई औपचारिक रूपमा फिर्ता हुन निर्देशन दिइएको छ।

    हाल ती देशहरूमा क्रमशः भारतमा शंकरप्रसाद शर्मा ,अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, राजदूतको रूपमा कार्यरत छन्।

    सरकारले यसअघि पनि राजदूत नियुक्तिमा पुनरावलोकन गर्दै आएको छ। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये गत कात्तिकमै ११ देशका राजदूतहरू फिर्ता बोलाइसकिएको थियो भने बाँकी ६ जनालाई हालको सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend