२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका...

सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

बुधवार, आश्विन ९ २०८१०९:५५
बुधवार, आश्विन ९ २०८१०९:५५
  • images

    काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको छ । 

    गत भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट  भौतिक पूर्वाधारमा भएको हानी, पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति तत्काल सहायता जुटाउने उद्देश्यले प्रतिनिधिमण्डल राजधानी पुगेको हो । 

    प्रतिनिधिमण्डले मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर जनसरोधकार विषयलाई गम्भीर रूपमा लिएर समस्या समाधानका निम्ति अनुरोध गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा सदस्य भीमज्वाला राईले बताए । 

    टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र खानेपानीमन्त्री प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर धरानवासीका समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

    मन्त्री दाहालले प्रतिनिधिमण्डलसँगको भेटमा सडक विभागका कार्यकारी निर्देशक रामहरि पोखरेललाई राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई प्राथमिकताका आधार काम सुरु गर्न निर्देशन दिनुभएको सदस्य राईले बताए । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र सहरी क्षेत्र र खहरेले पुर्याएको क्षतिका बारेमा प्रदेश र स्थानीय सरकारसँग सङ्घीय सरकारले समन्वय गर्ने जानकारी मन्त्री दाहालले दिएको उनले बताए । 

    प्रतिनिधिसभा सदस्यद्वय अशोक राई र सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई र धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत स्थानीय सम्मिलित प्रतिनिधिमण्डलले सर्दु जलाधार जग्गा संरक्षणका नाममा २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको चार सय सात बिघा जग्गाभित्र परेका धरान–१५ बाँझगरा ९ (क) र घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न तथा धरान उपमहानगरपालिका–१३ का वडावासीको निजी जग्गा पनि जलाधारका नाममा रोक्का गरिँदा तीन हजार परिवार समस्यामा परेकोबारे जानकारी गराएको थियो । 

    प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनका कारण जनताले पीडा खेप्नुपरेको भन्दै यसलाई क्रमशः समाधान गर्ने बताएका थिए । अविरल वर्षाका कारण धरान–१३ स्थित गौरामार्ग खानेपानी संरचनामा रु ४० लाख बराबरको क्षति भएको, धरान उपमहानगरपालिका–४ को सेर्केबाट शिवधारासम्मको दुई हजार सात सय मिटर क्षेत्रमा बिछ्याइएको ६३ एमएमको सबै बगाएकाले आवश्यक व्यवस्थाका लागि मन्त्री यादवसमक्ष अनुरोध गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend