२०८३, आश्विन २१ गते

images

वैदेशिक रोजगारीः दुई महिनामा १ लाख १७ हजार युवा बाहिरिए

वैदेशिक रोजगारीः दुई महिनामा १ लाख १७ हजार युवा बाहिरिए

बुधवार, आश्विन ९ २०८१११:२१
बुधवार, आश्विन ९ २०८१११:२१
  • images

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्।

    वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ जना कामदार नेपालबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका हुन्।

    विदेश जाने कुल कामदारको करिब ३१ प्रतिशत कामदार यूएई गएका छन्। २ महिनामै रोजगारीका लागि यूएई जाने कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ।

    विभागका अनुसार साउनमा १७ हजार ५ सय ४ र भदौमा १८ हजार ६ सय ५ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend