२०८३, आश्विन १९ गते

images
  • समाचार
  • वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख बढी...

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख बढी ठगी, २ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख बढी ठगी, २ जना पक्राउ

सीएनएन खबर
शनिवार, चैत्र २८ २०८२१०:४०
सीएनएन खबर
शनिवार, चैत्र २८ २०८२१०:४०
  • images

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । 

    अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend