२०८३, आश्विन १९ गते

images
  • समाचार
  • दीपक भट्ट र सुलभ अग्रवालको घर...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा

बुधवार, बैशाख २ २०८३१२:१७
बुधवार, बैशाख २ २०८३१२:१७
  • images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित विभिन्न स्थानमा छापा मारेको छ । विभागको टोलीले मंगलबार उनीहरूको निजी निवासका साथै हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा एकैसाथ छापा हानेको हो ।

    स्रोतका अनुसार छापामार कारबाहीका क्रममा अनुसन्धानका लागि आवश्यक कागजात तथा महत्वपूर्ण विवरणहरू संकलन गरिएको छ । विभागका एक कर्मचारीले प्रारम्भिक अनुसन्धानलाई बलियो बनाउन कागजातहरू नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमा रहेका छन् । उनीहरूमाथि अवैध आर्थिक कारोबार तथा स्रोत नखुलेको सम्पत्ति सम्बन्धी विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

    विभागले पछिल्लो समय सम्पत्ति शुद्धीकरण विरुद्ध कडाइ गर्दै विभिन्न क्षेत्रका व्यवसायी तथा संस्थामाथि निगरानी बढाएको छ । यस प्रकरणबारे थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend