२०८३, आश्विन १९ गते

images

सुन फेरि ३ लाख नाघ्यो , चाँदी पनि महँगियो

सुन फेरि ३ लाख नाघ्यो , चाँदी पनि महँगियो

आइतवार, बैशाख ६ २०८३११:१०
आइतवार, बैशाख ६ २०८३११:१०
  • images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्दै ऐतिहासिक उचाइमा पुगेको हो।

    शुक्रबार प्रतितोला १ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुन आइतबार बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सुनको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।

    यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको चाँदी आइतबार ९५ रुपैयाँले बढ्दै ५ हजार २२५ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend