२०८३, आश्विन २० गते

images
  • समाचार
  • कर्जा विस्तारमा आक्रामक कामना सेवा बैंक,...

कर्जा विस्तारमा आक्रामक कामना सेवा बैंक, अर्थतन्त्र चलायमान बनाउन ५३ अर्बभन्दा बढी लगानी

कर्जा विस्तारमा आक्रामक कामना सेवा बैंक, अर्थतन्त्र चलायमान बनाउन ५३ अर्बभन्दा बढी लगानी

मंगलवार, बैशाख ८ २०८३१०:५०
मंगलवार, बैशाख ८ २०८३१०:५०
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कर्जा विस्तारलाई तीव्र बनाउँदै ग्राहक कर्जा रु ५३ अर्बभन्दा माथि पुर्‍याएको छ। पहिलो त्रैमासदेखि नै निरन्तर वृद्धि हुँदै आएको कर्जा प्रवाहले बैंकले आक्रामक लगानी रणनीति अवलम्बन गरेको देखिन्छ।

    बैंकको सार्वजनिक वित्तीय विवरणअनुसार कर्जा विस्तारको गति निक्षेप संकलनभन्दा उच्च रहेको छ। यसका कारण बैंकको Credit to Deposit Ratio (CD Ratio) करिब ८७ प्रतिशतको आसपास पुगेको छ, जुन वाणिज्य बैंकिङ क्षेत्रमा उच्च मानिन्छ। यसले बैंकले उपलब्ध स्रोतको ठूलो हिस्सा कर्जामा लगानी गरेको संकेत गर्छ।

    कर्जा प्रवाह बढेसँगै उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा लगानी विस्तार भएको देखिन्छ, जसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न सक्छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend