२०८३, आश्विन २० गते

images

मञ्जुश्री फाइनान्सको नाफा २१.८९ करोड

मञ्जुश्री फाइनान्सको नाफा २१.८९ करोड

बिहिवार, बैशाख १० २०८३१०:५८
बिहिवार, बैशाख १० २०८३१०:५८
  • images

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ । कम्पनीले यस अवधिमा रु. २१ करोड ८९ लाखभन्दा बढी खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हासिल गरेको हो ।

    बैंकिङ क्षेत्रमै चुनौतीपूर्ण आर्थिक वातावरणबीच पनि फाइनान्सको नाफा वृद्धि हुनु कम्पनीको सुदृढ व्यवस्थापन र प्रभावकारी सञ्चालन रणनीतिको परिणामका रूपमा हेरिएको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. २१.६० पुगेको छ, जसले लगानीकर्तालाई सकारात्मक संकेत दिएको छ ।

    कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेर रु. ३२ करोडभन्दा बढी पुगेको छ भने कुल सञ्चालन आम्दानीमा समेत सुधार देखिएको छ । कर्जा विस्तार र निक्षेप संकलनमा भएको वृद्धि कम्पनीको आय वृद्धिका प्रमुख आधार बनेका छन् । ग्राहक कर्जा करिब रु। १९.८५ अर्ब पुग्दा निक्षेप संकलन रु. २२.७३ अर्ब पुगेको छ ।

    वित्तीय सूचकहरू पनि सकारात्मक दिशातर्फ उन्मुख देखिएका छन् । खराब कर्जा अनुपात (NPL) घट्दै गएको छ भने लागत अफ फन्ड र बेस रेटमा आएको गिरावटले कम्पनीको आम्दानीमा थप टेवा पुर्‍याएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend