२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लक्ष्मी सनराइज बैंकको सीएसआर खर्च :...

लक्ष्मी सनराइज बैंकको सीएसआर खर्च : शिक्षा र स्वास्थ्यमा प्राथमिकता, दोस्रो त्रैमाससम्म ६४ लाखभन्दा बढी लगानी

लक्ष्मी सनराइज बैंकको सीएसआर खर्च : शिक्षा र स्वास्थ्यमा प्राथमिकता, दोस्रो त्रैमाससम्म ६४ लाखभन्दा बढी लगानी

बिहिवार, बैशाख १० २०८३११:३५
बिहिवार, बैशाख १० २०८३११:३५
  • images

    काठमाडौँ ।लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म सामाजिक उत्तरदायित्व अन्तर्गत ६४ लाख १९ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै समुदायमा सकारात्मक प्रभाव विस्तार गरिरहेको देखिएको छ।

    प्रतिवेदनअनुसार बैंकको सीएसआर कोषमा अघिल्लो वर्षसम्म २ करोड ६ लाख रुपैयाँ मौज्दात रहेकोमा चालु वर्षको नाफाबाट थप ४ करोड ६ लाख रुपैयाँ विनियोजन भएपछि कुल कोष ६ करोड १२ लाख रुपैयाँ पुगेको छ। यसमध्ये दोस्रो त्रैमाससम्म ६४ लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ भने ५ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम अझै बाँकी रहेको छ।

    क्षेत्रगत रूपमा हेर्दा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी २६ लाख १७ हजार रुपैयाँ खर्च भएको छ। शिक्षा क्षेत्रमा ७ लाख ५५ हजार रुपैयाँ खर्च गरिएको छ भने वातावरण संरक्षणमा ११ लाख ५१ हजार रुपैयाँ लगानी गरिएको छ। त्यस्तै, दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत १४ लाख ५५ हजार रुपैयाँ, वित्तीय साक्षरतामा १ लाख २७ हजार रुपैयाँ र मानवीय सहायता तथा राहतमा २ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

    प्रदेशगत वितरणमा बागमती प्रदेशमा सबैभन्दा बढी २८ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ। लुम्बिनी प्रदेशमा ९ लाख २६ हजार रुपैयाँ, सुदूरपश्चिममा ७ लाख १३ हजार रुपैयाँ, कर्णालीमा ५ लाख ५१ हजार रुपैयाँ तथा कोशी, मधेश र गण्डकी प्रदेशमा क्रमशः ५ लाख ९ हजार, ४ लाख २१ हजार र ३ लाख ९७ हजार रुपैयाँ खर्च गरिएको छ।

    दोस्रो त्रैमासमा बैंकले विशेष गरी शिक्षा क्षेत्रमा छात्रवृत्ति वितरण, विद्यालयलाई फर्निचर तथा शैक्षिक सामग्री उपलब्ध गराउने, विपन्न विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य क्षेत्रमा काठमाडौँमा क्याथ–ल्याब निर्माण सहयोग, विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचार तथा शल्यक्रियामा सहयोग प्रदान गरिएको छ।

    त्यसैगरी, बालबालिकालाई खाद्यान्न तथा कपडा सहयोग, पार्क संरक्षण, तथा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै बैंकले समुदायमा प्रत्यक्ष योगदान पुर्‍याएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend