२०८३, आश्विन २० गते

images

बैठक नै नबसी संसद् अधिवेशन स्थगित

बैठक नै नबसी संसद् अधिवेशन स्थगित

सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्णय, ‘विशेष कारण’ खुलाइएन

बिहिवार, बैशाख १० २०८३०५:४६
बिहिवार, बैशाख १० २०८३०५:४६
  • images

    काठमाडौं । संघीय संसद्को अधिवेशन बैठक नै नबसी स्थगित गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन स्थगित गरेका हुन्।

    यसअघि सरकारले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपतिबाट अधिवेशन बोलाइएको थियो। तर, सोही अधिवेशन सुरु हुनुअघि नै पुनः मन्त्रिपरिषद्ले स्थगनको सिफारिस गरेपछि बैठक बस्नै नपाई अधिवेशन अन्त्य गरिएको हो।

    राष्ट्रपति कार्यालयले ‘विशेष कारणवश’ अधिवेशन प्रारम्भ हुन नसकेको उल्लेख गरे पनि ती कारणहरू सार्वजनिक गरिएको छैन। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend