काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

