२०८३, आश्विन २१ गते

images

१५ अर्ब ५८ करोड डलर सञ्चिति

१५ अर्ब ५८ करोड डलर सञ्चिति

बिहिवार, आश्विन १० २०८१०६:१०
बिहिवार, आश्विन १० २०८१०६:१०
  • images

    काठमाडौं ।  साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको विवरण सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले विहीबार उक्त विवरण सार्वजनिक गरेको हो। 

    आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनाको अवधिमा २ प्रतिशतले डलर सञ्चिति बढेको छ। नेपाली रुपैयाँमा उक्त सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो। 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड थियो। नेपाल राष्ट्र बैंकबाहेक अन्य वित्तीय संस्थासँग दुई खर्ब ८ अर्ब ७९ करोड रहेको छ। 

    कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

    आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend