२०८३, आश्विन २० गते

images
  • समाचार
  • आङ्देम्बेलाई संसदीय दल नेता बनाउने तयारीमा...

आङ्देम्बेलाई संसदीय दल नेता बनाउने तयारीमा कांग्रेस, सर्वसम्मत घोषणा हुने संकेत

आङ्देम्बेलाई संसदीय दल नेता बनाउने तयारीमा कांग्रेस, सर्वसम्मत घोषणा हुने संकेत

सोमवार, बैशाख १४ २०८३०१:०७
सोमवार, बैशाख १४ २०८३०१:०७
  • images

    काठमाडौं । नेपाली कांग्रेस ले सांसद तथा पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे लाई संसदीय दल नेता बनाउने तयारी गरेको छ।

    पार्टीका एक पदाधिकारीका अनुसार उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको समितिले दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध छलफलपछि आङ्देम्बेको नाम प्रस्ताव गरेको हो।

    समितिले आफ्नो सिफारिस सभापति गगन थापा समक्ष पेश गरेको छ। थापाले सानेपास्थित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे जानकारी गराउने तयारी गरेका छन्।

    यसअघि कार्यसम्पादन समितिले सहमतिमै संसदीय दल नेता चयन गर्ने वातावरण बनाउन उपसभापति र महामन्त्रीहरू रहेको समिति गठन गरेको थियो। सोही समितिले आङ्देम्बेको नाममा सहमति जुटाएको जनाइएको छ।

    संसदीय दल नेता भने संसदीय दलको बैठकमार्फत सांसदहरूले चयन गर्ने व्यवस्था अनुसार आजै दिउँसो बस्ने बैठकबाट आङ्देम्बेको नाम अनुमोदन हुने तयारी रहेको स्रोतले जनाएको छ। दिउँसो १ बजे सर्वसम्मत रूपमा घोषणा गर्ने तयारी गरिएको छ।

    कांग्रेसका ३८ जना सांसद रहेका छन्। आङ्देम्बे समानुपातिकतर्फबाट सांसद बनेका थिए।उनी २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

    पार्टीभित्र व्यापक एकता कायम गर्ने उद्देश्यसहित आङ्देम्बेलाई अघि सारिएको बताइएको छ। देउवा पक्ष र शेखर कोइराला पक्षका सांसदहरूले समेत उनको पक्षमा समर्थन जनाउने संकेत दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend