काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा घटेको हो । सोमबार अघिल्लो दिन सोमबार ९वैशाख १४० छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

