२०८३, आश्विन २० गते

images
  • समाचार
  • संवैधानिक आयोगमा काम गर्न कठिनाइ बढ्दै...

संवैधानिक आयोगमा काम गर्न कठिनाइ बढ्दै : रवि लामिछाने

संवैधानिक आयोगमा काम गर्न कठिनाइ बढ्दै : रवि लामिछाने

बुधवार, बैशाख १६ २०८३०३:१९
बुधवार, बैशाख १६ २०८३०३:१९
  • images

    काठमाडौं । रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूमा प्रभावकारी रूपमा काम गर्न कठिनाइ बढ्दै गएको बताएका छन्। उनले जनअपेक्षाअनुसार काम अघि बढाउन ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक रहेको उल्लेख गरे।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले संवैधानिक निकायहरूमा देखिएको रिक्तता र निर्णय प्रक्रियामा देखिएको जटिलताले कामकारबाही प्रभावित भएको बताए।

    उनले भने, “धेरै संवैधानिक आयोग र नियोगहरूमा खाली पदहरू छन्। महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ भइरहेको छ, कतिपय स्थानमा कार्यवाहकले सम्झौतामा चलाउनुपर्ने अवस्था छ।”

    लामिछानेले समय कुर्दै बस्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने आवश्यकता औंल्याउँदै जनताको अपेक्षा पूरा गर्न सक्रियता बढाउनुपर्ने बताए। “धेरै विषयमा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षाअनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ,” उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend