काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

