काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले गिरावट भएको हो ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

