२०८३, आश्विन २० गते

images
  • समाचार
  • ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६०...

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

बिहिवार, बैशाख २४ २०८३०९:२१
बिहिवार, बैशाख २४ २०८३०९:२१
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend