काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसा आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
सुन तोलामा १ हजार रुपैयाँले घटेसँगै आज प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

