काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मिता पोखरेलले जानकारी दिइन्।
सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। सोमबार दिउँसो ४ बजे राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

