काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलाको ४ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भइरहेको हो ।

