काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा ठूलो रकमले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार आइतबार सुन प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ३९० रुपैयाँ रहेको थियो ।

