२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • विश्वकप २०२६ को माहोलमा एक्स्ट्रिम इनर्जी...

विश्वकप २०२६ को माहोलमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यान मा सुन’ योजना, ३ जनाले जित्ने सुनको बल

विश्वकप २०२६ को माहोलमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यान मा सुन’ योजना, ३ जनाले जित्ने सुनको बल

आइतवार, जेठ ३ २०८३०९:१६
आइतवार, जेठ ३ २०८३०९:१६
  • images

    काठमाडौँ । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन “स्क्यान मा सुन” नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

    फुटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् ।

    यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेष्ठ १ गतेदेखी विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ ।

    विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ ।

    कम्पनीका अनुसार “स्क्यान मा सुन” अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ ।

    एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नविनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    अभियान सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend