२०८३, आश्विन २० गते

images
  • समाचार
  • सञ्चार माध्यम मर्यादित भए सरकारले हस्तक्षेप...

सञ्चार माध्यम मर्यादित भए सरकारले हस्तक्षेप गर्न सक्दैन : मन्त्री तिमिल्सिना

सञ्चार माध्यम मर्यादित भए सरकारले हस्तक्षेप गर्न सक्दैन : मन्त्री तिमिल्सिना

बुधवार, जेठ ६ २०८३०१:०९
बुधवार, जेठ ६ २०८३०१:०९
  • images

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारे ।

    मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई स्वच्छन्दताका रूपमा प्रयोग गर्न नहुने उल्लेख गर्दै सञ्चार क्षेत्रले आफ्नो गरिमा, मर्यादा र जिम्मेवारीलाई कायम राख्नुपर्ने बताए । सञ्चार माध्यमहरू राज्यको महत्वपूर्ण अंग भएकाले उनीहरूले आफ्नो ओज र विश्वसनीयता जोगाएर काम गरे सरकारले चाहेर पनि केही गर्न नसक्ने उनको भनाइ थियो ।

    ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । यो संविधानले दिएको अधिकार हो । तर स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, सञ्चार माध्यमहरू जवाफदेही पनि हुनुपर्छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘राज्यको अंगका रूपमा स्वीकारिएको क्षेत्रले आफ्नो ओज कायम राख्ने गरी काम गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन ।’

    उनले सञ्चार क्षेत्रलाई थप मर्यादित, विश्वसनीय र गौरव गर्न लायक बनाउने उद्देश्यले प्रेस काउन्सिललाई सशक्त बनाउने तयारी भइरहेको जानकारी पनि दिए । यसका लागि आवश्यक काम अघि बढाइएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend