२०८३, आश्विन १९ गते

images

नितिगत उल्झन हटाउन, प्रबर्धकका समस्या समाधान गर्न मेरो उम्मेदवारीः इप्पानको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनसँगको अन्तर्वार्ता

नितिगत उल्झन हटाउन, प्रबर्धकका समस्या समाधान गर्न मेरो उम्मेदवारीः इप्पानको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनसँगको अन्तर्वार्ता

बिहिवार, जेठ ७ २०८३०३:३८
बिहिवार, जेठ ७ २०८३०३:३८
  • images

    काठमाडौँ । नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि जेठ २९ गते निर्वाचन हुँदैछ । आठौँ अधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतह अध्यक्ष हुनेछन् भने ३ वर्ष पछि २०२९ मा अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । २०३२ मा हुने निर्वाचनमा भने अध्यक्षमै चुनावी प्रतिसपर्धा गर्ने गरी इप्पानले विधान संसोधन गर्ने तयारी गरिएको छ ।

    वरिष्ठ उपाध्यक्षका लागि उत्तम भ्लोनले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनै भ्लोनसँग सीएनएन खबरकर्मीले वरिष्ठ उपाध्यक्षका लागि उनले घोषणा गरेको इप्पान भिजन २०२९ प्रतिबद्धता पत्र, विधान संशोधन र पछिल्लो समय इप्पानभित्र देखिएको किचलोमा केन्द्रीत भएर गरेको कुराकानीको सम्पादीत अंश ।

    इप्पानको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचनमा होमिनु भएको छ, तपाईं विजयी हुनुभयो भने ऊर्जा उद्यमीका पक्षमा तपाईंले गर्ने कामहरु के के हुन् ?

    म र मेरो टिमले उम्मेद्वारी घोषणा गर्दा नै निर्वाचित भएपछि के के गर्ने भनेर प्रतिवद्धता पत्र नै सार्वजनिक गरिसकेका छाैँ । जसअनुसार हामीले सरकारको मनस्थिति के छ, फास्ट ट्रयाकमा काम गर्न चाहन्छ कि चाहँदैन बुझेर २ वटा रुपमा काम गर्न सकिन्छ । जसमा बजेटरी सपोट चाहिने काम र अर्काे बजेट बीनै गर्न सकिने कामको छनोट गरेको छु। 

    जसमा बजेटरी काम के हुन्छ भन्दा, क्रसबोर्डर ट्रान्समिसन लाइनमा सरकारी लगानी हुनुपर्ने, वितरणमा पनि सरकारी लगानी हुनुपर्ने हाम्रो माग रहन्छ । अब बजेट नचाहिने क्षेत्रमा ओपन एक्सेस सुरु गर्ने, पोलीसि बनाउने, क्रसबोर्डर गाईडलाइन र लाइसेन्स वितरणका कामहरु हामीले पैसा नलाग्ने कामका विभाजन गरेका छाैँ । पैसा लाग्ने र नलाग्ने कामहरु छुट्टाएर सरकारसँग काम गर्दा त्यसको प्रत्यक्ष असर देखिने भएका कारण हामीले यसरी छुट्टाएका हौँ । 

    अहिले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) का लागि लगानीकर्ताको कामहरु रोकिएका छन्  भारतमा बिजुली बेच्ने र किन्ने सम्झौता हुन्छ, त्यसो हुँदा सबै बिजुली बिक्री हुन्छ भने पीपीए जति गरेपनि हुन्छ नि । आरसीओडीपनि यसैसँग जोडिएर आउने हुँदा खासै असर परेन ।

    हामीले भनेअनुसार सरकारले बजेटरी र ननबजेटरी कामहरु अगाडी बढाउन तयार भयोभने पीपीएका कामहरु अगाडी बढाउन केही गार्हो हुने कुरा भएन । सरकारले सनसेट ल ल्याउने भनेर आफै भनिरहेको छ । यो कुराहरुलाई ल्याउन लागिएको सनसेट ल मा जोडेर गर्न सकियो भने सहज हुन्छ । अहिले लगानीकर्ताले धेरै दुख पाएका छन् । पीपीएको रेट परिमार्जन गर्नुपर्ने अवस्था छन्, सीओडी भएको छैन्, आरसीओडी एक्सचेन्ज भएको छैन् । यसमा खर्बाे रुपैयाँ डुब्ने अवस्था छ, अहिले देखिएका समस्याहरु समाधान गरेर जाने हो भने मैले यसलाई धेरै इजी देखेको छु । रोर्ड म्याप तपाइँले गर्नुभयो भने पैसा नलाग्ने काम गर्द ३ महिनामा सरकारले चाहने हो भने पोलिसी नै जारी भैसक्छ । 

    इप्पानमा अहिले एउटा समूह आठौ अधिवेशनमै अध्यक्षको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा उभिएको रहेछ, अहिले नै अध्यक्षमा चुनाव गराउन सम्भव-असम्भव के छ ? विधानले के भन्छ ?

    इप्पानको आजसम्मको विधानले अध्यक्षमा निर्वाचन गर्न सम्भव छैन् । अध्यक्षमा अहिलेको विधानले निर्वाचन गर्न मिल्दैन्, तर अहिलेको इप्पानको कार्यसमितिले आउँदो कार्यकालबाट अध्यक्षबाहेक सबै पदमा सदस्यले उम्मेदवारी दिन पाउने गरी लैजाने भन्ने छ । अहिलेको विधानलाई नराम्रो भन्न मिल्दैन् । नेपाल उद्योग वाणिज्य महासंघकै मोडलमा इप्पान सञ्चालीत छ । महासंघले सदस्य इप्पान पनि हो । सदस्य भएकै नाताले हाम्रो सबै मोडल महासंघसँग मिल्दोजुल्दो छ ।

    महासंघले यो पल्टबाट नदोहोरिनेगरी निर्णय गर्र्याे । अब इप्पानले पनि आउँदो कार्यकालबाट बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष नहुनेगरी विधान संशोधन गरेर जाने । अध्यक्षबाहेक सबै पदमा एकैपटक सबै सदस्यले उम्मेदवारी दिन मिल्नेगरी तयारी हो । तर, आजको दिनमा सिधै अध्यक्षमा उम्मेदवारी दिन अहिलेको विधानले मिल्दैन् । साधारण सभाले विधान संशोधनको निर्णय गर्नुपर्छ, अहिले त्यो समय पनि छैन् । मिलेर गर्दा जे पनि हुनसक्ने भयो, तर कानूनी रुपमा अहिले त्यो सम्भव छैन् ।

    ९ वटा जिल्लामा न्यूनतम संघ दर्ता हुनुपर्ने, त्यसमा पनि २७ जना सदस्य हुनुपर्ने नियम छ । हाम्रो ९ वटा जिल्लामा २७ जना सदस्य रहने गरी संरचना बनेको छैन् । हाम्रा अधिकाशं सदस्यहरु काठमाडौँमा नै केन्दीत हुनुहुन्छ । त्यही कारण कुनै पनि हालतमा अहिलेकै संरचनामा इप्पान महासंघमा परिणात हुन नसक्ने देखियो । नेपाल ऐन नै २०६० सालदेखि खारेजीमा छ । ऐन संशोधनका लागि पनि सम्भावना देखिएन, त्यही कारण इप्पानलाई महासंघमा लैजाने निर्णय अहिलेलाई सम्भव देखिएन् । सम्भावना नै नभएको कुरालाई निर्णय गरेर महासंघमा लैजाने भनिएको अहिले बुझियो । महासंघ बनिहाल्यो भनेतापनि इप्पान महासंघको एउटा सदस्य हुने रैछ । इप्पानलाई नै महासंघ बनाउन मिलेन, महासंघको सदस्य मात्रै हुनेभयो । इप्पान आफै आईएनजिओ हो, जुन ललितपुर जिल्ला प्रशासनमा दर्ता छ ।

    इप्पानको विधानले वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने व्यवस्था गरेको ३ वर्ष मात्रै भएको रहेछ, उक्त विधान एक कार्यकालभरी पनि कार्यान्वयन (वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष) नहुँदै फेर्ने कुरा के कति कारणले आयो ?

    इप्पान भित्रका केही सदस्य साथीहरुले नेतृत्वमा आउन धेरै समय लाग्ने भयो यसलाई केही सहजीकरण गरिदिनुपर्याे भनेर नै संशोधनको कुरा आएको हो । अघिल्लो साधारणसभामा केही साथीहरुले राखेको कुरालाई आधार बनाएर हामीले यो निर्णय गरेका हौँ । अघिल्लो पटक संशोधनको माघ राख्ने धेरै साथीहरु अहिलेको कार्यसमितिमा हुनुहुन्छ । उहाँहरुको माघलाई हामीले सम्बोधन गर्नकै लागि यो निर्णय गरेका हौँ । आउँदो विधान संशोधन समितिले यो निर्णय कार्यान्वयनमा ल्याउँछ ।
     
    अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला

    अहिलेसम्म त कानुनी रुपमा वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने व्यवस्था नै बलियो हो कि जस्तो देखिन्छ । यसपछि विधान संसोधन गर्दा यहि कार्यकालदेखि स्वतह अध्यक्ष हुने व्यवस्था हटाउँदा त तपाई स्वतह अध्यक्ष हुन पाउनु हुन्न होला नी ? 

    विधान संशोधन जिल्ला प्रशासन कार्यालयबाट छाप हानेर जब प्रमाणित पत्र पाइन्छ नि, तब मात्रै प्रमाणित हुने हो । अनि बल्ल कार्यान्वयनमा जाने प्रष्टै उल्लेख छ । पुरानो विधान अनुसार गर्दा यो कार्यालय त निरन्तर हुनुपर्याे नि । 

    हामीले अहिले संशोधन गर्न लागिएको विधानमा कार्यसमितिमा नम्बरहरु तलमाथि गरेका छाैँ । सचिवको नम्बर, उपमहासचिव पद नै खारेज गरेका छौँ । बरिष्ठ उपाध्यक्ष पद पनि खारेज गरेर जाने कि भन्ने पनि छलफल भैरहेको छ । यो निर्वाचन पुरानै विधान अनुसार हुन्छ, तर अबको साधारण सभामा चाँहि विधान संशोधनको प्रस्ताव लैजान्छाैँ । त्यो प्रस्ताव आउदो साधारण सभाले पारित गर्छ । वार्षिक साधारण सभामा (चुनावी वर्ष) मा संशोधनको प्रस्ताव पारित गर्न मिल्दैन् । त्यही हुँदा अहिले म बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने म स्वत इप्पानको अध्यक्ष हो । त्यसपछि सिधै अध्यक्षमा निर्वाचन हुन्छ, बरिष्ठ उपाध्यक्ष सम्भवत खारेजी हुन्छ ।

    केहि गरी जबर्जस्ती अध्यक्षमै चुनाव हुने भयो भने तपाईं अध्यक्षमै चुनाव लड्नुहुन्छ कि चुनावै बहिस्कार गरेर कानुनी उपचारमा जानुहुन्छ त ?

    यो नितान्त हाइपोथेटिकल कुरा भयो । यसको पछि म लाग्दीन । आकाश खस्यो भने के गर्ने भनेजस्तै भयो । आकाश खस्दैन । अहिलेको विधानले इप्पानको अध्यक्षमा कुनै पनि हालतमा निर्वाचन हुँदैन, त्यो सम्भव पनि छैन् ।

    ippan.jpegतपाईंले घोषणा गरेको प्यानल नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको प्यानल हो भनेर पनि भन्ने गरेको सुनियो, वास्तविकता चाहिँ के हो ? तपाईको प्यानलमा के कस्ता व्यवसायिक पृष्ठ भूमिका मानिसहरु समावेश छन् ? 

    इप्पानमा कुनै पनि राजनितीक दलको छाप छैन् । अरु संस्थाभन्दा विल्कुल फरक छ इप्पान । हामी सबै उर्जा उत्पादक व्यवसायी हौँ, मिल्नुपर्छ भनेर नै अहिलेसम्म कुनै पनि राजनीतिक दलको छाप लागेको छैन् । म आजसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध छ्रैन्, म उर्जा क्षेत्रमा लागेको १४ वर्ष वितिसक्यो, अहिलेसम्म कुनै पनि दलको नजिक छैन् । अबको १५ वर्ष मैले उर्जा क्षेत्रलाई नै दिन्छु, भनेको छु, म उर्जा क्षेत्रमा रहँदासम्म कुनै पनि दलमा आवद्ध हुदिन, यो मेरो कमिन्टमेन्ट हो ।

    मेरो टिममा ३५ प्रतिशत महिला समावेश गरेको छु । उपाध्यक्षदेखि सचिवहुँदै  सदस्यसम्म मैले महिलालाई समेटेको छु । मेरो टिममा नेपालको सबैभन्दा ठूलो प्रोजेक्ट बनाउने, प्राधिकरणको एमडी भएको साथी पनि यही हुनुहुन्छ, ३ वटा जलविद्युत निर्माण सम्पन्न गर्नुभएको महिला पनि मेरो टिममा हुनुहुन्छ । मैले धेरै अनुभवी, समावेशी र दक्ष साथीहरुलाई समेट्ने प्रयाश गरेको छु । 

    कतिपय ऊर्जा उद्यमी असन्तुष्ट भएको त सञ्चारमाध्यममै छ्यापछ्याप्ती आइरहेका छन्, सबैलाई मिलाएर लैजानको लागि तपाईंले के पहल गरिरहनु भएको छ ? कुरा मिल्दै मिलेन भने कसरी अघि बढ्ने रणनीति बनाउनु भएको छ ?

    हामीले उम्मेदवारी घोषणा गर्दा नै केही पदहरु खाली राखेका छाैँ । असन्तुष्ट म भन्दिन, केही फरक एजेण्डा भएका साथीहरुलाई मेरो टिममा मिलाएर लैजाने भनेर खाली राखिएको हो । उहाँहरु आउनुहुन्छ भने हामी समेट्न तयार छौँ । हामी प्रत्यासरत छौँ । 

    मैले टिम बनाएर, मेरो टिमभन्दा बाहिर हुनुहुने साथीहरु पनि मेरौ साथीहरु हो । सकेसम सबैलाई समेटौँ, नसकिएको खण्डमा समेटिएकाहरु मिलेर जाउ भन्ने हो । यो निर्वाचन एउटा सामान्य प्रक्रिया हो, बाँकी हामी सबै उर्जा उत्पादक नै हो । 

    अहिलेको इप्पानको ८५ प्रतिशतभन्दा बढी कार्यसमितिका साथीहरु मेरो टिममा हुनुहुन्छ, उहाँहरुको साथ सपोटले नै मैले टिम घोषणा गरेको हुँ । मैले मेरा साथीहरुलाई उहाँहरुले चाहेको खण्डमा बरिष्ठ उपाध्यक्षलाई नै हटाएर जानसक्ने अधिकार मैले दिएको छु । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend