काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य तोलाको १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ९० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज बजारमा सुनको मूल्य तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

