२०८३, आश्विन २० गते

images
  • समाचार
  • पार्टीका सबै कार्यक्रममा हर्क साम्पाङको तस्वीर...

पार्टीका सबै कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य, श्रम संस्कृति पार्टीको उर्दी

पार्टीका सबै कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य, श्रम संस्कृति पार्टीको उर्दी

मंगलवार, जेठ १२ २०८३०१:०६
मंगलवार, जेठ १२ २०८३०१:०६
  • images

    काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ ।

    पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले संयुक्त रूपमा जारी गरेको निर्देशनमा प्रदेश मातहतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोल तहसम्म आयोजना हुने सम्पूर्ण कार्यक्रममा अध्यक्ष साम्पाङको तस्वीर प्रयोग गर्न भनिएको छ ।

    निर्देशनपत्रमा “श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार–प्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनुपर्ने” उल्लेख गरिएको छ ।

    पार्टीको उक्त निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले यसलाई पार्टी अनुशासन र नेतृत्वको सम्मानका रूपमा व्याख्या गरेका छन् भने केहीले व्यक्तिपूजालाई प्रोत्साहन गर्ने शैली भएको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend