काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ। यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।

