२०८३, आश्विन २० गते

images
  • समाचार
  • प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै हर्कराज...

प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै हर्कराज राईले भने– ‘नसक्ने भए मलाई निष्कासन गरियोस्’

प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै हर्कराज राईले भने– ‘नसक्ने भए मलाई निष्कासन गरियोस्’

बुधवार, जेठ १३ २०८३११:२६
बुधवार, जेठ १३ २०८३११:२६
  • images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।

    बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै आफ्नो आसनबाट उठेर प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका राईलाई सभामुख डोलप्रसाद अर्याल ले बोल्न समय दिएका थिए।

    संसदमा बोल्दै राईले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाह लाई संसदमा उपस्थित हुन निर्देशन दिन माग गरे।

    उनले सभामुखले त्यो गर्न नसक्ने भए आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१०) बमोजिम बैठकबाट निष्कासन गर्न आग्रह गरे।

    राईले प्रधानमन्त्री लगातार संसदमा अनुपस्थित रहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend