प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सदनमा दिएको अभिव्यक्तिको कडा विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा सडक प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीको भनाइप्रति गम्भीर असहमति जनाउँदै यी विद्यार्थी र युवा संगठनहरूले सडकबाटै दबाबमूलक आन्दोलन सुरु गरेका हुन्।

