२०८३, आश्विन १९ गते

images
  • समाचार
  • वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ, लिखत...

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ, लिखत सम्बन्धी कसुरमा अनुसन्धान सुरु

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ, लिखत सम्बन्धी कसुरमा अनुसन्धान सुरु

मंगलवार, जेठ १९ २०८३०७:०९
मंगलवार, जेठ १९ २०८३०७:०९
  • images

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अदालतको पक्राउ पुर्जीका आधारमा उनलाई आज बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशपछि फरार रहेका सिंहलाई आज बिहान करिब ६ः१५ बजे पर्साको ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    स्थानीय लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ। पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend