२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बाढी–पहिरो र डुबान: दुई सय १७...

बाढी–पहिरो र डुबान: दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

बाढी–पहिरो र डुबान: दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

मंगलवार, आश्विन १५ २०८१०७:३२
मंगलवार, आश्विन १५ २०८१०७:३२
  • images

    काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

    प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताए । 

    बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend