२०८३, आश्विन १९ गते

images
  • समाचार
  • क्लाउड बिना एआई चल्ने , एनभीडीयाको...

क्लाउड बिना एआई चल्ने , एनभीडीयाको नयाँ चिपपछि टेक बजारमा हलचल

क्लाउड बिना एआई चल्ने , एनभीडीयाको नयाँ चिपपछि टेक बजारमा हलचल

मंगलवार, जेठ १९ २०८३११:२६
मंगलवार, जेठ १९ २०८३११:२६
  • images

    काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र भइरहेका बेला अमेरिकी चिप निर्माता कम्पनी एनभीडीयाले व्यक्तिगत कम्प्युटर (पीसी) का लागि नयाँ ‘RTX Spark’ चिप सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले ताइवानमा आयोजित कम्प्युटिक्स सम्मेलनमा उक्त चिप सार्वजनिक गर्दै यसले एआईलाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा चलाउन सक्ने बताए।

    एनभीडीयाका अनुसार नयाँ चिपले क्लाउडमा निर्भर नभई स्थानीय रूपमा स्वायत्त एआई एजेन्ट सञ्चालन गर्न सक्ने क्षमता प्रदान गर्नेछ। यसले प्रयोगकर्तालाई इन्टरनेट वा रिमोट सर्भरमा भर नपरी कम्प्युटरमै शक्तिशाली एआई सुविधा प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

    माइक्रोसफ्टसँग तीन वर्षदेखि भइरहेको सहकार्यको परिणामस्वरूप विकसित गरिएको ‘RTX Spark’ चिप ताइवानको मिडियाटेकसँगको साझेदारीमा निर्माण गरिएको हो। यो चिप यसै वर्ष डेल, एचपी, लेनोभो, आसुस, माइक्रोसफ्ट सर्फेस तथा एमएसआईका नयाँ ल्यापटप र कम्प्याक्ट डेस्कटपमा उपलब्ध हुने जनाइएको छ।

    उद्योग विश्लेषकहरूले ‘RTX Spark’ लाई व्यक्तिगत कम्प्युटिङ क्षेत्रमा ठूलो परिवर्तन ल्याउने प्रविधिका रूपमा हेरेका छन्। काउन्टरपोइन्ट रिसर्चका सहसंस्थापक नील शाहका अनुसार यो चिपले परम्परागत एप(आधारित कम्प्युटरलाई ‘एजेन्टिक एआई’ आधारित स्मार्ट कम्प्युटरमा रूपान्तरण गर्न सक्छ। उनले आगामी वर्षहरूमा निजी एआई एजेन्ट हरेक घरको आवश्यकता बन्ने दाबी गरेका छन्।

    नयाँ चिप सार्वजनिक भएसँगै एनभीडीयाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ भने प्रतिस्पर्धी कम्पनीहरू एएमडी, इन्टेल र क्वालकमका सेयरमा गिरावट आएको छ। बजार विश्लेषकहरूका अनुसार एनभीडीयाले एआई प्रशिक्षण चिपमा बनाएको वर्चस्वलाई अब ‘इन्फरेन्स प्रोसेसर’ बजारमा समेत विस्तार गर्ने रणनीति लिएको देखिन्छ।

    सीईओ हुआङले एआईले रोजगारी खोस्ने बहसलाई अस्वीकार गर्दै प्रविधिले उत्पादकत्व बढाउने र अझ धेरै सफ्टवेयर इन्जिनियरको माग सिर्जना गर्ने बताए। उनले एआईलाई आगामी दशकको सबैभन्दा ठूलो प्रविधि क्रान्तिको रूपमा चित्रण गर्दै एनभीडीयाको नयाँ भेरा सीपीयू कम्पनीको वृद्धिको अर्को प्रमुख आधार बन्ने दाबी गरे।

    प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार च्त्ह् क्उबचप चिपले एआईलाई क्लाउडबाट व्यक्तिगत कम्प्युटरभित्र ल्याउने नयाँ अध्यायको सुरुवात गरेको छ। यसले आगामी वर्षहरूमा पीसी उद्योगको स्वरूप नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend