२०८३, आश्विन २० गते

images
  • समाचार
  • प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसद् चल्न नदिने...

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसद् चल्न नदिने विपक्षीको चेतावनी, सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसद् चल्न नदिने विपक्षीको चेतावनी, सिंहदरबारमा छलफल जारी

मंगलवार, जेठ १९ २०८३०३:००
मंगलवार, जेठ १९ २०८३०३:००
  • images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् सञ्चालन हुन नदिने अडान विपक्षी दलहरूले दोहोर्‍याएका छन्।

    प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेका बेला सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल जारी रहेको छ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र विपक्षी दलका प्रमुख सचेतकहरूबीच संसद्को गतिरोध अन्त्य गर्ने विषयमा संवाद भइरहेको हो।

    नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन, प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भई गल्ती स्वीकार्न तथा सभामुखले त्यसका लागि आवश्यक रुलिङ गर्नुपर्ने माग राखेका छन्।

    दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइएर स्पष्टिकरणसहित गल्ती स्वीकार नगरेसम्म संसद् सहज रूपमा सञ्चालन हुन नसक्ने बताए। उनले विपक्षी दलहरू बजेटमाथिको छलफल र पारित प्रक्रियामा सहयोग गर्न तयार भए पनि त्यसअघि विवाद समाधान हुनुपर्ने धारणा राखे।

    संसद् सचिवालयले मंगलबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएको भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा बैठक अझै सुरु हुन सकेको छैन। बैठक कहिले बस्ने भन्ने विषय पनि अनिश्चित बनेको छ।

    प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर प्रमुख विपक्षीसहित विभिन्न दलहरूले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भन्दै तीव्र आपत्ति जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend