२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लुम्बिनी सरकारमा एमालेको ‘मन्त्री हेरफेर’, चार...

लुम्बिनी सरकारमा एमालेको ‘मन्त्री हेरफेर’, चार मन्त्री राजीनामा दिए

लुम्बिनी सरकारमा एमालेको ‘मन्त्री हेरफेर’, चार मन्त्री राजीनामा दिए

बुधवार, जेठ २० २०८३११:१४
बुधवार, जेठ २० २०८३११:१४
  • images

    काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले मन्त्री हेरफेरको प्रक्रिया अघि बढाएको छ। पार्टीको निर्देशनपछि सरकारमा रहेका एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने भएका छन्।

    भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आफूहरूले मौखिक रूपमा राजीनामाको जानकारी गराइसकेको र केहीबेरमै लिखित राजीनामा बुझाउने तयारी भइरहेको बताएका छन्।

    “हामीलाई पार्टीले मन्त्री बनाएको हो। अहिले पार्टीले नै फिर्ता बोलाएको छ, त्यसैले हामी राजीनामा दिन लागेका हौं,” ढकालले भने। राजीनामा दिने मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी रहेका छन्। एमालेले सरकारमा नयाँ अनुहारलाई अवसर दिन तथा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीस्वरूप उनीहरूलाई फिर्ता बोलाएको स्रोतले जनाएको छ।

    लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ। एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री रहेका छन्। स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन भए पनि मुख्यमन्त्री आचार्य भने पदमै कायम रहनेछन्।

    एमालेले सरकारमा कार्यसम्पादन, संगठनात्मक सन्तुलन तथा आगामी राजनीतिक रणनीतिलाई ध्यानमा राख्दै मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको बताइएको छ। चार मन्त्रीको बहिर्गमनसँगै नयाँ मन्त्रीहरूको नामबारे पनि पार्टीभित्र तीव्र छलफल भइरहेको स्रोतको दाबी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend