काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।
बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरेको जनाएको छ। उक्त सामग्री बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी थिइन्।
बैंकका अनुसार यस सहयोगले विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा नेपाल एसबिआई बैंकका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले समुदायस्तरमा शिक्षा, सामाजिक विकास तथा जनहितका विभिन्न कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले यस्ता गतिविधिमार्फत सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा अघि बढाउँदै आएको बताएको छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

