२०८३, आश्विन २१ गते

images

शेयर बजारमा उत्साहः नेप्से सूचक २६ सय अंकमा उक्लियो, ७ अर्ब बढीको कारोबार

शेयर बजारमा उत्साहः नेप्से सूचक २६ सय अंकमा उक्लियो, ७ अर्ब बढीको कारोबार

मंगलवार, आश्विन १५ २०८१०३:४७
मंगलवार, आश्विन १५ २०८१०३:४७
  • images

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेर पुनः २६ सय अंक पार गरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११४.७० अंकले बढेको हो । ४.५७ प्रतिशतले बजार बढ्दा नेप्से २६२३.५६ अंकमा उक्लिएको छ ।

    बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ९.७४ प्रतिशतले बढेको छ । आज ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपियाँ बराबरको कारोबार भएको हो । 

    बजारमा उछाल आएसँगै बिभिन्न ३६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । १८ वटा कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ ।  त्यस्तै आज २२ कम्पनीको शेयर मूल्य घट्दा बाँकीको बढेको छ । एनएमबि ५० का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८६ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

    एनएलजी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार २२.३६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ र हिजो सोमबार ४४.४५ अंकले बजार उचालिंदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend