काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा २ हजार १ सय रुपैयाँले घटको हो ।
महासंघको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २३० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बिहीबार बजारमा सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २८५ रुपैयाँ रहेको थियो।

