२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ट्राफिक कारबाहीमा चार लाख ९१ हजार...

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

सीएनएन खबर
आइतवार, जेठ २४ २०८३०७:०३
सीएनएन खबर
आइतवार, जेठ २४ २०८३०७:०३
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend