काठमाडौँ । आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ हजार २ सय रुपैयाँले घटेर ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार प्रतितोला ५ हजार २३० रुपैयाँमा काराबार भएको चाँदी आइतबार घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

