२०८३, आश्विन २० गते

images
  • समाचार
  • एकैपटक १० सचिवको सरुवा, कहाँ कसले...

एकैपटक १० सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक १० सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, जेठ २५ २०८३०४:५९
सोमवार, जेठ २५ २०८३०४:५९
  • images

    काठमाडौँ । सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवाको निर्णय गरेको हो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ ।

    नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई सरुवा गरी नेपाल ट्रस्टको कार्यालयमा पठाइएको छ ।

    जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।

    अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवका रूपमा सरुवा गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend