काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

