२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • प्राधिकरणले बढायो विमानस्थल सञ्चालनको अवधि, अब...

प्राधिकरणले बढायो विमानस्थल सञ्चालनको अवधि, अब बिहान साढे ४ बजेदेखि नै उडान

प्राधिकरणले बढायो विमानस्थल सञ्चालनको अवधि, अब बिहान साढे ४ बजेदेखि नै उडान

बुधवार, आश्विन १६ २०८१०३:०९
बुधवार, आश्विन १६ २०८१०३:०९
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको अवधि बढाएको छ । यात्रुको चाप बढेपछि रात्रिकालीन उडान हुने देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै उडान गर्न पाइने व्यवस्था गरिएको हो । 

    आगामी असोज ३० गतेसम्म बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न भन्दै प्राधिकरणले बिहान साढे ४ बजेदेखि नै उडान गर्न पाउने व्यवस्था गरेको हो।

    प्राधिकरणका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरु बिहान साढे ४ बजेदेखि राति अपरेशन समय (आवश्यकताअनुसार थप हुने) सम्म नै सञ्चालनमा आउने व्यवस्था मिलाइएको हो।

    अहिले दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेका छन्।  साथै राजमार्गहरुमा बाढी र पहिरोका कारण अवरोध भएको र दशैंमा ठूलो संख्यामा यात्रुहरुले उपत्यका छाड्ने भएकोले बिहानैदेखि विमानस्थलबाट उडान गर्न अनुमति दिइएको हो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend