२०८३, आश्विन १९ गते

images
  • समाचार
  • राष्ट्रिय गान गाउँदा कसरी उभिने, सांसदलाई...

राष्ट्रिय गान गाउँदा कसरी उभिने, सांसदलाई समेत छैन् सामान्य ज्ञान

राष्ट्रिय गान गाउँदा कसरी उभिने, सांसदलाई समेत छैन् सामान्य ज्ञान

बुधवार, आषाढ ३ २०८३०४:०२
बुधवार, आषाढ ३ २०८३०४:०२
  • images

    काठमाडौँ । राष्ट्रिय गान नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र गौरवको प्रतीक हो। त्यसैले राष्ट्रिय गान गाइँदा वा यसको धुन बज्दा सबै नागरिकले सम्मानपूर्वक सतर्क अवस्थामा उभिनुपर्ने व्यवस्था रहेको छ।

    राष्ट्रिय मर्यादासम्बन्धी व्यवस्थाअनुसार औपचारिक तथा विशेष समारोह, सरकारी तथा सार्वजनिक कार्यक्रम, शैक्षिक संस्था, खेलकुद प्रतियोगिता तथा अन्य औपचारिक अवसरमा राष्ट्रिय गान गाइँदा वा बजाइँदा उपस्थित सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडेर, शिर ठाडो राखी र छाती फराकिलो पारेर सतर्क अवस्थामा उभिनुपर्ने उल्लेख गरिएको छ।

    यस्तै, राष्ट्रिय गान गाइँदा उच्च र उल्लासपूर्ण स्वरमा सहभागी हुनुपर्ने व्यवस्था छ। अपाङ्गता भएका व्यक्तिका हकमा भने उनीहरूको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न सकिने व्यवस्था गरिएको छ।

    विशेषज्ञहरूका अनुसार राष्ट्रिय गान बज्दा अनावश्यक कुराकानी गर्ने, हिँडडुल गर्ने वा मोबाइल प्रयोग गर्ने व्यवहार राष्ट्रिय सम्मानविपरीत मानिन्छ। राष्ट्रिय गानप्रति सम्मान प्रकट गर्नु प्रत्येक नागरिकको कर्तव्य र जिम्मेवारी दुवै हो।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफ्ना सांसदहरुले राष्ट्रिय गान बज्दा सामान्य ज्ञान समेत नभएको प्रष्ट देखिएको स्वीकार गरे । एक टेलिभिजन अन्तवार्तामा उनले सामान्य ज्ञान नभएको बताएका हुन् । 

    रास्वपाले पार्टीका सांसदलाई दिएको अभिमुखीकरण कार्यक्रम सांसदहरुको ध्यान शेल्फी तिरमात्रै भएको भन्दै अभिमुखीकरण कार्यक्रमको प्रभावकारीता नभएको उल्लेख छ । सांसदले तालिम तथा अभिमुखीकरण आवश्यक पर्याे भन्दा ट्रोल बनाईएको थियो । 

    नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी’ कवि व्याकुल माइलाद्वारा रचित तथा अम्बर गुरुङ द्वारा संगीतबद्ध गरिएको हो। यो राष्ट्रिय गानले नेपालको विविधता, एकता र राष्ट्रिय गौरवलाई अभिव्यक्त गर्दछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend